वैदेशिक रोजगारीकाे विषयमा प्रहरीसँग अन्तरक्रिया

 फागुन १९, २०७६ सोमबार १७:५४:२६

रामकुमार थापा/धादिङ 

वैदेशिक रोजगारीलाई सुरक्षित र भरपर्दो बनाउन धादिङमा प्रहरीसँग अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको छ ।

नेपाल सरकार, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र सामी हेल्भेटास स्विस इन्टरकोअपरेशन नेपालको साझेदारीमा नीलकण्ठ नगरपालिकाद्वारा सोमबार कार्यक्रम सञ्चालन गरिएको हो । 

वैदेशिक रोजगारीमा देखिएका समस्या न्यूनीकरण गर्न र वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन प्रहरीसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको  सुरक्षित आप्रवासन सामी परियोजनाका लेखा अधिकृत सम्झना भण्डारीले बताउनुभयो ।

यस्तै सुरक्षित आप्रवासन सामी परियोजनाका कार्यक्रम अधिकृत कमल बहादुर रोकायाले वैदेशिक रोजगारीको क्रममा देखिएका समस्या, वैदेशिक रोजगार विभाग र प्रहरीसँग भएको सम्झौता अनुसार प्रहरीले खेल्नुपर्ने भूमिका र भविष्यमा सहयोग र सहकार्य कसरी गर्न सकिन्छ भन्ने विषयमा जानकारी गराउनु भएको थियो ।

यस्तै कार्यक्रममा धादिङका प्रहरी नायब उपरीक्षक (डीएसपी) रुपक खड्काले वैदेशिक रोजगारीमा हुने ठगी र मानव बेचबिखनको समस्या न्यूनिकरणका लागि प्रहरीले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा जिल्लाभरिका ४० जना प्रहरी चौकी इञ्चार्जको सहभागिता रहेको थियो ।

अन्तिम अपडेट: चैत ५, २०८०

तपाईको प्रतिक्रिया