ट्र्याक्टर दुर्घटनामा एक जनाको ज्यान गयाे

 फागुन २४, २०७६ शनिबार ७:७:५० | किरण लोहनी
unn.prixa.net

फाइल फाेटाे

गोरखा - गोरखाको सिरानचोक गाउँपालिका-८ जौबारीमा शुक्रबार साँझ भएको ट्र्याक्टर दुर्घटनामा १ जनाको ज्यान गएको छ भने अन्य दुई जना घाइते भएका छन् ।

दुर्घटनामा ज्यान गुमाउनेमा दाङ घर भएका २३ वर्षका यज्ञबहादुर भण्डारी रहेका एसपी ओम अधिकारीले बताउनु भयो ।

जौबारीबाट चनौटे आउँदै गरेको ग १ त ४६८२ नम्बरको ट्रयाक्टर शुक्रबार साँझ साढे ८ बजेतिर सिरानचोक गाउँपालिका-८ को धन्सारमा दुर्घटनामा परेको हो ।

घाइते ट्रयाक्टर चालक गोरखाको बारपाक सुलिकोट गाउँपालिका-६ का १९ वर्षका सुमन अधिकारी र दाङका २९ वर्षका सुवास थापामगरलाई थप उपचारका लागि चितवन पठाइएको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया