च्याम्पियन्स लिग फुटबल : सिटी र रियल म्याड्रिड तथा आर्सनल र बाय...
बैशाख ५, २०८१ बुधबार
गोरखा – बारपाक सुलिकोट गाउँपालिका ४ सौरपानीमा मङ्गलबार बिहान भएको जीप दुर्घटनामा गम्भीर घाइते भएकाहरुलाई उपचारका लागि काठमाण्डौ पठाइएको छ ।
गम्भिर घाइते भएका चार जनालाई माउन्टेन एअरको हेलिकाेप्टरमार्फत काठमाण्डौ पठाइएको गाउँपालिकाले जनाएको छ । गम्भीर घाइतेहरु १८ वर्षीया विमला गुरुङ, २० वर्षीया रमा गुरुङ, २३ वर्षीय विनोद गुरुङ र ३३ वर्षीय श्रीमान गुरुङलाई हेलिकाेप्टरबाट काठमाण्डौ पठाइएकाे गाउँपालिकाका लेखापाल गङ्गाबहादुर घलेले बताउनुभयो ।
अन्य ९ जना घाइतेलाई उपचारका लागि गाउँपालिकाकाे जीप र एम्बुलेन्समार्फत गोरखा अस्पताल लगिएको उहाँले जानकारी दिनुभयाे ।
गोरखाको सौरपानीबाट गोरखा बजार आउँदै गरेको बा १५ च १०१६ नम्बरको बोलेरो जीप वारपाक सुलिकोट ४ को केउरा भन्ने ठाउँमा दुर्घटनामा परेको हो । उकालोबाट ब्रेक फेल भएर जीप झण्डै ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ ।