नेप्से ६४ अङ्कले घट्याे, ५ घण्टे काराेबारकाे असर देखिएन

 चैत २, २०७६ आइतबार १९:१४:५५ | रासस
unn.prixa.net

काठमाण्डाै – आइतबार धितोपत्र बजार नेप्से परिसूचकमा भारी गिरावट आएको छ । शेयर कारोबारमा सहजता ल्याउन भन्दै धितोपत्र बोर्डको निर्देशनमा नेपाल स्टक एक्सचेन्जले कारोबार समय थप गरेर ४ बजेसम्म पुर्‍याएको भए पनि बजारमा उत्साह देखिन सकेन ।   

स्टकका अनुसार आइतबार नेप्से परिसूचक ६४ दशमलव १४ अङ्कले घटेर एक हजार ३१३ दशमलव ०४ मा पुगेको छ । यस्तै नेप्से परिसूचक पनि १२ दशमलव ८८ अङ्कले घटेर २८२ दशमलव ६२ मा पुगेको छ । आज कुल १७४ कम्पनीका ५५ लाख ७० हजार ३० कित्ता शेयर दुई अर्ब १० करोड १४ लाख १७ हजार २९२ रुपैयाँमा खरिद/बिक्री भए ।   

कारोबार भएका कुल १२ उपसमूहको शेयर ओरालो लागेको छ । बैङ्किङ ५७ अङ्कले घट्दा व्यापार ४३ दशमलव ७९, होटल ५२ दशमलव ४८, विकास बैंक ६२ दशमलव ८७, जलविद्युत् ३२ दशमलव ८७, वित्त २२ दशमलव २, निर्जीवन बीमा ४१६ दशमलव ७३, उत्पादन ८० दशमलव २३, अन्य १८ दशमलव २३, लघुवित्त ९३ दशमलव ४३, जीवन बीमा उपसमूहको शेयर ६२१ दशमलव ८८ र सामूहिक लगानी कोषको इकाइ शून्य दशमलव ३१ अङ्कले घटेको छ ।

कारोबार रकमका आधारमा नेपाल लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रह्यो । याे कम्पनीको शेयर १७ करोड ३६ लाख ९० हजार ४४९ रुपैयाँमा खरिद/बिक्री भयो ।

यस्तै एनआइसी एसिया बैंकको ११ करोड ४६ लाख ९६ हजार २६६ रुपैयाँ, एनएमबी बैंकको १० करोड ५६ लाख ६१ हजार ७९९ रुपैयाँ, शिवम् सिमेन्ट्सको सात करोड ५७ लाख ३७ हजार ३११ रुपैयाँ, नेपाल बैंकको ६ करोड ८७ लाख ८० हजार ९३९ रुपैयाँ, हिमालयन डिस्टिलरीको पाँच करोड ४९ लाख ५७ हजार ८५१ रुपैयाँ र नबिल बैंकको शेयर पाँच करोड ३५ लाख ९० हजार १९७ रुपैयाँमा खरिद/बिक्री भयो ।   

आइतबार युनाइटेड मोदी हाइड्रोपावरका लगानीकर्ताले शून्य दशमलव ९७ प्रतिशतले कमाए । यसैगरी सिन्धु विकास बैंक शून्य दशमलव ७७ र वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले शून्य दशमलव ४७ प्रतिशतले कमाए ।

यसैगरी सामुदायिक लघुवित्त वित्तीय संस्था र हिमालयन जनरल इन्स्योरेन्सको नकारात्मक सर्किट लागेको छ । यी दुई कम्पनीका लगानीकर्ताले समान १०/१० प्रतिशतले गुमाएका छन् । यस्तै मिथिला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९ दशमलव ९८, नेरुडे लघुवित्त विकास बैंक र सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले समान ९ दशमलव ९१ प्रतिशतले गुमाए । 

अन्तिम अपडेट: पुस २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया