नेपालमा कोरोना भाइरस नफैलियाेस् भन्ने कामनासहित हवन र प्रार्थना

 चैत ८, २०७६ शनिबार १५:४६:१५ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची - विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस नेपालमा नफैलियोस् भन्दै सिद्धेश्वर शिवालय चुत्राबेसीमा विधिपूर्वक हवन गरिएको छ । नेपालीको सु-स्वास्थ्यको कामना गर्दै फटिक धातुको शिवलिङ्ग रहेको सिद्धेश्वर शिवालय चुत्राबेसीमा हवन तथा शान्ति प्रार्थना गरिएको हो । 

मन्दिरका पुजारी भेसराज चुँदालीले शक्तिशाली राष्ट्रले समेत नियन्त्रणमा लिन नसकेको कोरोना भाइरसबाट नेपाल प्रभावित नपरोस् भन्दै हवन गरिएको बताउनुभयो । 

प्रकृतिको अगाडि कसैैको केही नलाग्ने भन्दै उहाँले काेराेना सङ्क्रमणबाट बच्नका लागि सतर्कता अपनाउन पनि आग्रह गर्नुभयाे । 

अन्तिम अपडेट: चैत १५, २०८०

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

1 Comments

  • Dr ashish

    March 21, 2020, 8:59 p.m.

    ए! मुर्खहरु घरमा बस भन्या बुझ्दैनाै ? भिड नगर भन्या। ज‌ंगलमा गएर गर्नु हाेम।

  •  0 Reply

तपाईको प्रतिक्रिया