अर्घाखाँची जिल्ला राति १२ बजेदेखि 'लकडाउन' हुने

 चैत १०, २०७६ सोमबार १४:३९:३३ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची– सोमबार राति १२ बजेदेखि अर्को सूचना जारी नभएसम्मको लागि अर्घाखाँची जिल्ला लकडाउन हुने भएको छ । 

कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै सोमबार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले जिल्लालाई लकडाउन गर्ने निर्णय गरेको हो ।

सतर्कता अपनाउन अन्य जिल्लाबाट अर्घाखाँची जिल्लामा प्रवेश गर्ने मालबाहक गाडीबाहेक सार्वजनिक, निजी सवारी साधन, मोटरसाइकल राति १२ बजेपछि बन्द हुने छन् ।

मालबाहक गाडीका चालक र सहचालकको हेल्थ डेस्कमा स्वास्थ परिक्षण हुने भएको छ । 

औषधि पसल र पेट्रोल पम्प भने २४ सै घण्टा खुला रहने छन् । 

खाद्यान्न, ग्यास, तेल र फलफुल पसल प्रत्येक दिन बिहान १० बजेदेखि २ बजेसम्म खुल्ला रहने छन् । 

दूध डेरी र तरकारी पसल बिहान ६ बजेदेखि ९ बजे र बेलुका ४ बजेदेखि ७ बजेसम्म खुला हुने भएका छन् । 
 

अन्तिम अपडेट: चैत ४, २०८०

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया