पोखराको भिडभाड हुने ठाउँमा किटनाशक औषधी छर्कन सुरु

 चैत १३, २०७६ बिहिबार १७:५७:५४ | सुमन गुरुङ
unn.prixa.net

कास्की – कास्की नगरक्षेत्रका भिडभाड हुने स्थानमा पोखरा महानगरपालिकाले (डिसइन्फेक्सन स्प्रे) किटनाशक औषधी छर्कन सुरु गरेको छ । 

बिहीबार महानगरको न्युरोडमा रहेको कार्यालयबाट किटनाशक औषधी छर्न सुरु गरिएको हो । बिहीबार गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङ र पोखरा महानगरपालिकाका प्रमुख मानबहाुदर जिसीले उक्त कार्यको शुभारम्भ गर्नुभएको हो । 

महानगर क्षेत्रका भीडभाड हुने ठाउँहरु, अस्पताल, सेवाग्राही बढी आउने सरकारी कार्यालय लगायत ठाउँहरुमा किटनाशक औषधी छरिने पोखरा महानगरपालिकाका प्रमुख जिसीले जानकारी दिनुभयो ।  

महानगर क्षेत्रभित्र कोरोना भाइरसको संक्रमर्ण फैलिन नदिन किटनाशक औषधी छर्न सुरु गरिएको उहाँको भनाइ छ । 

महानगरमा पहिलो चरणमा १ सय लिटर किटनाशक औषधी छर्ने काम भएको र आवश्यकता अनुसार खरिद गरी मुख्य मुख्य स्थानमा किटनाशक औषधी छरिने पोखरा महानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख हेमन्त शर्मा पौडेलले बताउनुभयोे ।

अन्तिम अपडेट: चैत १२, २०८०

सुमन गुरुङ

कास्कीका उज्यालो सहकर्मी  सुमन गुरुङ रेडियाे तरङ्गमा पनि काम गर्नुहुन्छ ।

तपाईको प्रतिक्रिया