सुनको भाउमा फेरि नयाँ रेकर्ड : तोलाको एक लाख ३९ हजार तीन स...
बैशाख ७, २०८१ शुक्रबार
सुर्खेत – सुर्खेतको वीरेन्द्रनगरमा ‘लकडाउन’को समयमा चर्चमा मानिसहरु जम्मा गरेर प्रार्थना गराउने दुई जना पास्टर पक्राउ परेका छन् ।
‘लकडाउन’को उल्लघङ्न गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगर नगरपालिका १३ करेखोलामा रहेको कृष्ट मण्डली चर्चका पास्टर प्रेम विक र वीरेन्द्रनगर नगरपालिका ८ मा रहरेको निस्सी एजी चर्चका पास्टर मोहन गुरुङलाई पक्राउ गरेको हो ।
प्रहरी नायब उपरीक्षक (डीएसपी) रवि रावलले २५/३० जनाको समूह बनाएर उनीहरुले चर्चमा प्रार्थना गराउन लागेका थिए । प्रार्थना गर्ने अरु व्यक्तिलाई भने प्रहरीले नियन्त्रणमा लिएको छैन ।
उहाँले भन्नुभयो, ‘सरकारले ‘लकडाउन’ गरेको गरेको छ । घरबाहिर ननिस्कन र एकै ठाउँमा जम्मा भएर नबस्न भन्दा भन्दै पनि उल्लङ्घन भइरहेको छ । आदेश उल्लघङ्न गरेपछि अरुलाई सम्झाएर छोडेको र पास्टरलाई पक्राउ गरेका हौँ ।’
यस्तै प्रहरीले सुर्खेतमा ‘लकडाउन’ उल्लङ्घन गरेर चलाइएका १५ वटा गाडीलाई नियन्त्रणमा लिएको छ ।