अर्घाखाँचीमा १३ जनाकाे काेराेना परीक्षण रिपोर्ट 'नेगेटिभ'

 चैत ३०, २०७६ आइतबार १३:१४:२५ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची – अर्घाखाँची जिल्लामा क्वरेण्टीनमा रहेका १३ जनाको र्‍यापिड टेस्टमार्फत काेराेना परीक्षण गर्दा रिपाेर्ट नेगेटिभ आएकाे छ । 

सन्धिखर्क नगरपालिका १ काे युवा वर्ष रविचित्र माध्यमिक विद्यालयकाे क्वरेण्टीनमा रहेका सात जना भूमिकास्थान नगरपालिकामा रहेकाे ढाकाबाङ्गकाे क्वरेण्टीनमा रहेका ६ जनाको र्‍यापिड टेस्ट गरिएको अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर कपिल गौतमले जानकारी दिनुभयो ।

नेगेटिभ रिपाेर्ट आएकाहरुलाई घर पठाइएको र ७ दिन घरमै क्वरेण्टीनमा सुरक्षित बस्न आग्रह गरिएको सहायक प्रमुख जिल्ला अधिकारी विष्णुराज बेल्वासेले बताउनुभयाे ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया