छहरेमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको ज्यान गयो
कात्तिक १६, २०८१ शुक्रबार
दाङ - विप्लव निकट नेकपाको भातृ संगठन अखिल नेपाल महिला संघ क्रान्तिकारीकी अध्यक्ष बन्धुकुमारी चन्दलाई प्रहरीले फेरि पक्राउ गरेको छ ।
यसअघि विभिन्न जिल्लाबाट पक्राउ पर्दै आएकी चन्दलाई आइतबार दाङ प्रहरीले आठौं पटक पक्राउ गरेको हो । सार्वजनिक मुद्धामा २५ दिन प्रहरी हिरासतमा बसेकी चन्दलाई आज आइतबार जिल्ला प्रशासन कार्यालय दाङले थुना मुक्त गर्न आदेश दिएको थियो ।
जिल्ला प्रशासनय कार्यालय दाङको आदेशअनुसार दुई हजार रुपैयाँ धरौटीमा छुटेकी चन्दलाई प्रहरीले पुनः जिल्ला प्रशासन कार्यालय दाङको गेटबाट पक्राउ गरेको हो ।
२०७५ साल चैत ११ गते अछाम जिल्लाबाट पक्राउ परेकी चन्दलाई जिल्ला अदालत तथा जिल्ला प्रशासन कार्यालयले पटक-पटक थुनामुक्त गर्न आदेश दिने गरे पनि प्रहरीले पक्राउ गर्दै आएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।