घुमन्ते भारतीय व्यापारीलाई क्वरेण्टीनमा राखियो

 वैशाख २०, २०७७ शनिबार २०:२१:३५ | हेमराज शर्मा
unn.prixa.net

दाङ – घुमन्ते व्यापार गर्दै आएका आठ जना भारतीय व्यापारीलाई क्वरेण्टीनमा राखिएकाे छ । उनीहरुसँगै अन्य दुई जनालाई पनि घोराही उपमहानगरपालिकाको कुईरेपानीमा रहेको क्वरेण्टीनमा राखिएको छ । 

तुलसीपुर क्षेत्रमा काटेका र झरेका कपाल सङ्कलनको व्यापार गर्दै आएका आठ जना र घोराही १४ मा मासु पसल सञ्चालन गर्दै आएका दुई जनालाई क्वरेण्टीनमा राखिएको हो ।

शुक्रबार राति साइकलबाट आएका आठ जना भारतीय नागरिका घोराही बजारमा फेला परेका थिए । उनीहरुसँग चिनजान रहेका घोराही १४ का दुई जनाको पनि भेटघाट भएको पाइएपछि १० जनालाई क्वरेण्टीनमा राखिएको घोराही उपमहानगरका प्रमुख नरुलाल चौधरीले जानकारी दिनुभयो ।

तर उनीहरुले तीन महिनादेखि तुलसीपुर बसपार्क क्षेत्रमा बसेर कपाल खरिद गर्दै आएको बताएका छन् । भारतबाट आएका व्यक्तिहरुमा कोरोनाको सङ्क्रमण देखिरहेकाले उनीहरुलाई क्वरेण्टीनमा राख्नु परेको नगर प्रमुख चौधरीको भनाइ छ ।

उनीहरुलाई कम्तीमा १४ दिन क्वरेण्टीनमा राखिने छ । यसैबीच कुईरेपानी क्वरेण्टीनमा रहेका ६ जनाको र्‍यापिड जाँचमा कोरोना नदेखिएपछि आज घर पठाइएको छ । उनीहरुले घरमा पनि दुई हप्ता परिवारका सदस्यहरुसँग घुलमिल गर्ने छैनन् । 

अन्तिम अपडेट: कात्तिक ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

1 Comments

  • रुपेन्द्र श्रेष्ठ

    May 3, 2020, 4:37 a.m.

    राम्रो काम । Lockdown को समयमा पनि लुकि लुकि व्यापार गर्नेलाई खोजी खोजी क्वरेण्टीनमा राख्नुपर्छ ।

  •  0 Reply

तपाईको प्रतिक्रिया