जथाभाबी फोहर फाल्नेबाट वीरगञ्ज महानगरले उठायो २७ लाख रुपैयाँ
चैत १६, २०८० शुक्रबार
अर्घाखाँची – हावाहुरीले शीतगङ्गा नगरपालिकामा नाै वटा घरकाे छानो उडाएको छ ।
शीतगङ्गा नगरपालिकाकाे वडा नम्बर ४, १० र १२ आएको हुरीले आफ्नो घरको छानोसहित नाै जनाको घरको छानो र सात जनाको गोठको छानो उडाउँदा लाखौँको क्षति भएको जिल्ला समन्वय समिति सदस्यसमेत रहनुभएका बलेन्द्र विश्वकर्माले बताउनुभयो ।
हुरीले उडाएको छानोले दुई वटा मोटरसाइकल तथा एउटा जीपमा समेत क्षति पुगेको छ । हावाहुरीले वडा नम्बर ८ काे केरा खेतीमा क्षति पुर्याएको छ ।