धादिङका ४ पालिकामा निःशुल्क मनोपरामर्श सेवा

 जेठ १, २०७७ बिहिबार १७:३६:०
unn.prixa.net

धादिङ – धादिङका चारवटा पालिकाले विदेशमा आफन्त हुनेका परिवारसहित आवश्यक पर्ने सबैलाई मनोपरामर्श सेवा प्रदान गर्न थालेका छन् ।

कोरोना भाइरसको कारण उत्पन्न हुने मनोवैज्ञानिक समस्या कम गर्न नीलकण्ठ नगरपालिका, धुनिवेशी नगरपालिका, गंगाजमुना गाउँपालिका र थाक्रे गाउँपालिकाले फोनमार्फत निःशुल्क मनोपरार्श सेवा दिन थालेको सुरक्षित आप्रवासन (सामी) परियोजनाका कार्यक्रम संयोजक दिनेश दुवाडीले जानकारी दिनुभयो । नेपाल सरकार र स्विस सरकारको दुई पक्षिय सम्झौता अनुसार हेल्भेटास नेपालको प्राविधिक सहयोगमा सञ्चालित सुरक्षित आप्रवासन परियोजना सञ्चालन भइरहेका पालिकाले फोनमार्फत नै निःशुल्क रुपमा मनोपरामर्श सेवा दिन थालेका हुन् ।

सामी परियोजनाका कार्यक्रम अधिकृत कमल रोकायले विशेष गरी वैदेशिक रोजगारको लागि परदेश गएका परिवारका सदस्यहरुलाई बढी चिन्ता, पीर हुने र अनावश्यक हल्लाको पछि लाग्दा समस्या हुने भन्दै त्यस्ता समस्या कम गर्न फोनबाट भए पनि परामर्श सेवा सुरु गरिएको बताउनुभयो ।

परदेशमा कोरोनाको सङ्क्रमण दर बढ्दै जाँदा घरदेशमा हुनेहरु बढी आत्तिने गरेका छन् । अब भेट नहुने हो कि, नेपाल फर्कन नपाईने हो कि, विदेशमा खान पाएका छैनन् कि जस्ता चिन्ताले परदेशीका परिवारलाई चिन्ता थप्ने गरेको छ ।

परामर्श सेवाका लागि आप्रवासी श्रोत केन्द्र धादिङको फोन नम्बर ०१०–५२१३१४ मा सम्पर्क गर्न सकिनेछ ।

कोरोनाको कारण व्यक्तिमा डर, चिन्ता, निद्रा नपर्ने, छटपट्टी हुने, एक्लै बस्न मन लाग्ने, रिसाउने, झर्किने र दिक्क लाग्ने समस्या बढेको छ ।

फोनमार्फत मनोपरामर्श सेवाको लागि नीलकण्ठ नगरपालिकामा रामकुमार थापालाई ९८६०४९२३७८ नम्बरमा फोन गर्न सकिन्छ । धुनिवेशी नगरपालिका पवित्रा रानामगरलाई ९८६००५७३५५ नम्बरमा फोन गर्न सकिन्छ भने थाक्रे गाउँपाउपालिकामा प्रमिला तोलाङगे सुनारलाई ९८४०६४५६६० नम्बरमा र गंगाजमुना गाउँपालिकामा आरती बस्नेतलाई ९८४३५८९९२६ नम्बरमा फोन गरेर आफूलाई परेका समस्या भन्न सकिन्छ ।

 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया