बाँकेकाे नरैनापुरमा सेना परिचालन गरिने

 जेठ ११, २०७७ आइतबार १६:३७:२१ | गोविन्द शर्मा
unn.prixa.net

बाँके – बाँकेको नरैनापुर गाउँपालिकामा नेपाली सेना परिचालन गरिने भएको छ ।

जिल्ला सुरक्षा समितिको आइतबार बसेको बैठकको निर्णय अनुसार सेनानीको कमाण्डमा सैनिक टोली परिचालन गर्न लागिएकाे भैरवनाथ गणका गणपति प्रमुख सेनानी नहकुल थापाले जानकारी दिनभुयो ।

जिल्ला सुरक्षा समितिले नरैनापुरमा विशेषज्ञ चिकित्सकसहित थप स्वास्थ्यकर्मी परिचालन गर्ने निर्णय पनि गरेको छ । प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का अनुसार कोरोना सङ्क्रमण फैलिन नदिन अर्को सूचना जारी नभएसम्मका लागि निषेधित क्षेत्र कायम गरिएको छ ।

नरैनापुरमा एक जना मृतकसहित एक सय १४ जनामा कोरोना सङ्क्रमण देखिएको छ । पछिल्लो समय कोरोना सङ्क्रमितलाई आइसोलेशनमा लैजाने क्रममा अवरोध हुने र भगाउने कार्य हुन थालेपछि सेना परिचालन गरिएको हो । 

नरैनापुरमा सुरक्षामा खटिएका एक जना प्रहरी जवानमा समेत सङ्क्रमण देखिएको छ ।  

अन्तिम अपडेट: बैशाख ४, २०८१

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया