थप रोजगारी सृजना गर्न वाणिज्य र विकास बैंकमार्फत सहुलियत ऋण उपलब्ध गराउने

 जेठ १५, २०७७ बिहिबार १७:४८:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सरकारले थप रोजगारी सृजना गर्नका लागि प्रत्येक वाणिज्य बैंक र विकास बैंकका शाखाबाट सहुलियत ऋण दिने भएको छ ।

अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै देशभरी रहेको वाणिज्य बैंकका प्रत्येक शाखाबाट कम्तिमा १० जनालाई र विकास बैंकका शाखाबाट कम्तिमा पाँच जनालाई सहुलियत ऋण उपलब्ध गराउने व्यवस्था गरिने बताउनुभएको हो । यससम्बन्धी थप व्यवस्था नेपाल राष्ट्र बैंकमार्फत हुनेछ ।

यस्तै साना किसान कर्जामार्फत थप ४० हजार रोजगारी सृजना गर्ने र युवा स्वारोजगार कार्यक्रम र स्वरोजगार कर्जामार्फत थप १२ हजार युवाले रोजगारी पाउने पनि अर्थमन्त्री खतिवडाले बताउनुभयो ।

साथै सरकारले अब बैदेशिक रोजगार प्रबर्द्र्धन कोषमा रहेको रकम श्रमिकको कल्याणकारी कामसँगै रोजगारी पुनःस्थापना गर्ने कामका समेत लगाइने भएको छ । यसअघि कोषको रकम श्रमिको कल्याणकारी कामका लागि खर्च हुँदै आएको थियो ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया