विप्लव समूहकी केन्द्रीय सदस्य उमा भुजेल गोरखा प्रहरीको नियन्त्रणमा

 जेठ २१, २०७७ बुधबार ८:५३:२४ | किरण लोहनी
unn.prixa.net

गोरखा – नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य उमा भुजेल गोरखा प्रहरीले नियन्त्रणमा लिएको छ । भुजेललाई कैलाली प्रहरीले मङ्गलवार जिल्ला प्रहरी कार्यालय गोरखा पठाएको हो । 

भुजेलविरुद्ध गोरखा प्रहरीले यसअघि नै जिल्ला अदालत गोरखामा अभद्र व्यवहार मुद्दा दर्ता गरेको छ । त्यही मुद्दाको थप काननी प्रक्रियाको लागि आज जिल्ला अदालतमा उपस्थित गराइने एसपी ओमप्रसाद अधिकारीले बताउनुभयो । 

भुजेललाई गएको पुस दोस्रो हप्ता सुनसरी प्रहरीले नियन्त्रणमा लिएको थियो । विभिन्न जिल्लामा रहेका मुद्दाको कानुनी प्रक्रियाका क्रममा पछिल्लो पटक उहाँ कैलाली प्रहरीको नियन्त्रणमा हुनुहुन्थ्यो । 

१० वर्ष सशस्त्र युद्धकाे क्रममा पक्राउ परेर गोरखा कारागारमा रहेकाे बेला भुजेलसहित अन्य महिला लडाकु गोरखा जेलबाट सुरुङ खनेर भागेका थिए । 

अन्तिम अपडेट: चैत १४, २०८०

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया