कर्णाली प्रदेश : थप १६ जनामा काेराेना सङ्क्रमण, सङ्क्रमित २ सय ७८ पुगे

 जेठ २१, २०७७ बुधबार १३:५७:३ | मुना हमाल
unn.prixa.net

सुर्खेत - कर्णाली प्रदेशमा १६ जना नयाँ काेराेना सङ्क्रमितकाे थपिएका छन् । नयाँ थपिएका १६ सहित कर्णाली प्रदेशमा जम्मा सङ्क्रमितकाे सङ्ख्या २ सय ७८ पुगेकाे छ ।

प्रदेश अस्पताल सुर्खेत, पशुपन्छी राेग अन्वेषण प्रयाेगशाला सुर्खेत तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएकाे परीक्षणमा नयाँ सङ्क्रमित थपिएका कर्णाली प्रदेशकाे सामाजिक विकास मन्त्रालयले जनाएकाे छ ।

नयाँ थपिएकामा सल्यानकाे कुमाख गाउँपालिकाका १९ र २४ वर्षका पुरुष, दैलेखकाे नाैमूले गाउँपालिकाका २५ वर्षीय पुरुष,  दैलेखकै नारायण नगरपालिकाका २० २४ २५ २५ र ३० वर्षका पुरुष तथा दूल्लु नगरपालिकाका १७ वर्षीय पुरुष रहेका छन् ।

त्यसैगरी, कालीकाेटकाे महाबै गाउँपालिकाका २२ र २८ वर्षीय पुरुष तथा ४ महिने बालक, तिलागुफा नगरपालिका, पलाँता गाउँपालिका र शुभकालिका गाउँपालिकाका क्रमश: २१, ४२ र २१ वर्षीय पुरुष तथा सान्नीत्रिवेणी नगरपालिकाकी २० वर्षीया महिला रहेका छन् ।

 

अन्तिम अपडेट: चैत ११, २०८०

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया