नियम विपरीत निकालिएका नदीजन्य वस्तु जफत गरी लिलामी गर्न सुरु

 जेठ २५, २०७७ आइतबार २०:५३:५ | हेमराज शर्मा
unn.prixa.net

दाङ – दाङमा लकडाउनकै बीच नियम विपरीत निकालिएका नदीजन्य वस्तु जफत गरी लिलामी गर्न थालिएको छ ।

जिल्ला अनुगमन समितिले गरेको खोला, नदीको अनुगमनकाे क्रममा अनुमतिविना खोलाबाट ढुङ्गा निकाली जम्मा गरेको भेटिएपछि ती वस्तु जफत गरी लिलामी गर्ने निर्णय गरिएको जिल्ला समन्वय समिति दाङले जनाएको छ ।

अति आवश्यक विकास निर्माणकाे कार्यमा आवश्यक पर्ने ढुङ्गा तथा छर्री निकाल्न अनुमति दिए पनि जथाभाबी निकालेर अन्यत्र निकासी भइरहेको सूचना प्राप्त भएपछि अनुगमन गरिएको समितिले जनाएको छ ।

सबै पालिकालाई आफ्नो क्षेत्रमा जम्मा गरिएका नदीजन्य वस्तुको परिणाम यकिन गरी प्रतिवेदन पठाउन र नियम विपरीत भए जफत गरी लिलामी गर्न पत्राचार गरिएको जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीले बताउनुभयो ।

तुलसीपुर उपमहानगरपालिका क्षेत्रमा पर्ने पातु खोलामा डोजर प्रयोग गरी दुई मिटरभन्दा बढी गहिरो खाडल पारिएको छ । बबई नदीमा पनि यस्तै खाडल पारेर नदीजन्य वस्तु नजिककैको खेतमा थुपारिएको छ ।

पालिकाहरुले एक मिटर गहिराइसम्मको मात्रै निकाल्न अनुमति दिए पनि पालिकाहरुले अनुगमन गर्न नसक्दा खोलामा ठूला खाडल पारी अवैध कारोबार बढेको जिल्ला अनुगमन समितिले जनाएको छ ।

अनुगमको जिम्मा पाएको समन्वय समितिले यस वर्षदेखि पालिकाहरुले माग गरे अनुसार नदीजन्य वस्तुको अनुगमनको जिम्मा पनि पालिकालाई नै दिएको थियो ।

 जिल्ला अनुगमन समितिले निर्णय नै गरी नदीजन्य वस्तु निकाल्न कुनै पनि यन्त्र प्रयोग नगर्न/नगराउन भनेर १० वटै पालिकालाई निर्देशनसमेत दिएको छ । जेठ मसान्तपछि नदीजन्य वस्तु निकाल्न नपाइने भएका कारण लकडाउनको मौका छोपी चोरी निकासी बढेको समन्वय समितिकाे बुझाइ छ । 

अन्तिम अपडेट: कात्तिक १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया