छहरेमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको ज्यान गयो
कात्तिक १६, २०८१ शुक्रबार
दाङ – सामाजिक सञ्जालकाे माध्यमबाट सरकारको विरोध गर्दै आएका युवाहरुले शुक्रबार सडकमा निस्किएर सरकारको शान्तिपूर्ण पमा विरोध प्रदर्शन गरेका छन् ।
स्वतस्फूर्तः रुपमा सडकमा निस्किएका युवाहरुले घोराहीको तुलसीपुर चोकमा जम्मा भएर सरकारलाई कोरोना परीक्षणको दायरा बढाउनदेखि भष्ट्राचार नियन्त्रण गर्नसम्म आग्रह गरेका थिए ।
उनीहरुले 'कोरोना भाइरसको महामारीको समयमा सरकारले कोरोना परीक्षणलाई व्यापक बनाउन नसकेको' र 'लकडाउनकाे क्रममा कर उठाउन खोजेर व्यवसायीलाई दुःख दिने काम गरेको' लेखिएका प्ले कार्ड बोकेका थिए ।
उनीहरुले शतप्रतिशत पीसीआर परीक्षण गराउनुपर्ने, क्वरेण्टीनलाई सुरक्षित र त्यहाँ बसेकालाई पौष्टिक आहारको व्यवस्था गर्नुपर्ने, मजदुर तथा विपन्न वर्गलाई राहत दिनुपर्नेलगायतका नारा लगाएका थिए ।
अस्पतालबाट बिरामीलाई डिस्चार्ज गर्नुअघि अनिवार्यरुपमा पीसीआर परीक्षण गर्नुपर्ने, देशको हित विपरीत बोल्ने सांसद सरिता गिरीलाई कारबाही गरिनुपर्ने, नयाँ बजेटमा समावेश गरिएको एमसीसी शब्द हटाउनुपर्ने माग उनीहरुले राखेका छन् ।
उनीहरुले चाैधरी गल्लीबाट तुलसीपुर चोकसम्म प्रदर्शन गरेका थिए । उनीहरु सामाजिक दुरी कायम गर्दै प्रदर्शन गरेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।