दाङ : क्वरेण्टीनमा बसेका १ जनाको मृत्यु, पीसीआर रिपोर्ट नेगेटिभ

 जेठ ३१, २०७७ शनिबार १७:२४:३९ | हेमराज शर्मा
unn.prixa.net

दाङ – दाङमा क्वरेण्टीनमा बसेका एक जनाको ज्यान गएको छ ।

बङ्गलाचुली गाउँपालिका ३ झुलनेटाको वडा कार्यालयको नवनिर्मित भवनको क्वरेण्टीनमा बस्नुभएका प्युठान माण्डवी गाउँपालिका ४ आपचोरका १७ वर्षीय युवकको मृत्यु भएकाे हाे । 

क्वरेन्टीनमा बस्नुभएका उहाँमा श्वासप्रश्वाससँगै पेट दुख्ने र बान्ता आउने समस्या देखिएपछि उपचारकाे लागि घोराही ल्याइएको थियो । तर अवस्था गम्भीर भएका उहाँलाई घोराहीबाट बुटवल लैजाने क्रममा मृत्यु भएकाे थियो । 

उहाँ गएकाे जेठ ११ गते भारतको गोरखपुरबाट आएर क्वरेण्टीनमा बस्नुभएकाे थियाे । उहाँकाे कोरोना परीक्षणकाे लागि २१ गते स्वाब सङ्कलन गरिएको थियो । 

शनिबार उहाँकाे पीसीआर रिपोर्ट नेगेटिभ आएपछि शव प्युठान पठाइएको स्वास्थ्य शाखाले जनाएकाे छ । 

अन्तिम अपडेट: कात्तिक १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया