छहरेमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको ज्यान गयो
कात्तिक १६, २०८१ शुक्रबार
दाङ – दाङमा आज ४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितहरु सबै घोराही उपमहानगरपालिकाभित्रका रहेका छन् ।
घाेराही उपमहानगरपालिका वडा नम्बर ३ का तीन जना, वडा नम्बर ४ का १० जना, वडा नम्बर ५ का पाँच जना, वडा नम्बर १७ का १७ जना र वडा नम्बर १८ का सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीले जनाएको छ ।
सङ्क्रमित हुनेमा सात जना महिला रहेका छन् । त्यस्तै सङ्क्रमितमध्ये चार जना स्वास्थ्यकर्मी रहेका छन् । घोराही १७ का सङ्क्रमित १७ जना र वडा नम्बर १८ का दुई जना भने रिपोर्ट आउन ढिला भएपछि घर गएकाहरु हुन् ।
उनीहरुलाई अहिले आइसोलेशनमा पुर्याइएको छ भने उनीहरुकाे सम्पर्कमा आएका व्यक्तिहरुको पहिचान गर्ने कामसमेत सुरु भएको उपमहानगरपालिकाले जनाएको छ ।
योसँगै घोराही उपमहानगरपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या ७८ पुगेको छ । सङ्क्रमितमध्ये एक जनाको भारतमा ज्यान गएर घोराहीमा स्वाब जाँच गर्दा र अर्का एक जना घोराहीका काठमाण्डौमा सङ्क्रमण पुष्टि भएको हो ।
साथै घोराहीका आठ जना कोरोनामुक्त भएर घर फर्किएका छन् । यसैबीच बङ्गलाचुलीका एक जनामा कोरोना पुष्टि भएको छ । योसँगै दाङमा सङ्क्रमितको सङ्ख्या एक सय ८६ पुगेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।