ऐतिहासिक गजुलकोट दरबारको संरक्षण हुँदै

 असार ९, २०७७ मंगलबार १८:३२:२९ | माधवकुमार ओली
unn.prixa.net

रोल्पा – १५ औँ शताब्दीको इतिहास बोकेको रोल्पा गजुलकोट दरबार संरक्षणको काम सुरु भएको छ । ऐतिहासिक गजुलकोट दरबारको संरक्षण गरी पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले प्रदेश सरकारबाट बजेट आएपछि दरबारको संरक्षण गर्ने काम सुरु भएको हो ।

प्रदेश सरकारको ३० लाख बजेटबाट दरबारसम्म पुग्न सिँढी र पहिरो गएको ठाउँमा पर्खाल लगाउने काम भइरहेको सुनिलस्मृति गाउँपालिका ६ का वडाध्यक्ष अर्जुन सुवेदीले बताउनुभयाे । 

‘दरबारसम्म पुग्नकाे लागि स्टेप सिँढी निर्माण तथा पहिरो रोक्नकाे लागि ग्याविन वाल लगाउने काम भइरहेको छ’ वडाध्यक्ष सुवेदीले भन्नुभयाे ‘दरबारको दक्षिणतिर पहिरोले क्षति पुगेकाेले ग्याविन तथा मेसिनरी वाल लगाउने काम भएको छ ।’

बर्सेनि पहिरो खस्ने समस्याकाे कारण जोखिममा रहेको दरबार क्षेत्रलाई अहिले ग्याविन वाल र मेसिनरी वाल लगाइ संरक्षणको काम भइरहेको गजुलकोट दरबार संरक्षण उपभोक्ता समितिका अध्यक्ष लीलामणि सुवेदीले जानकारी दिनुभयाे । 

१५ औँ शताब्दीभन्दा पहिले रूकुमकोट राज्यमा रहेको यो क्षेत्रमा सल्यानबाट आएका राजा तुठासेनले गजुलकोटको रुपमा छुट्टै राज्य बनाइ शासन गरेका थिए । रुकुमकोटका राजा जयन्त बर्माका छोरी तुम्बावतीसँग बिहे गरी १८ वटा गाउँलाई दाइजोको रुपमा रुकुमकोटबाट छुट्टाएर गजुलकोट राज्य बनाइएको इतिहास छ । ऐतिहासिक गजुलकोट दरबारको बारेमा विभिन्न प्रमाणहरु सङ्कलन गरी पुस्तक प्रकाशन गर्ने तयारी भइरहेको छ । 

६ सय वर्ष पुरानो इतिहास बोकेको गजुलकोट दरबारको संरक्षणसँगै प्रचारप्रसारको पनि खाँचो रहेको छ । 

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

माधवकुमार ओली

रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया