बुधबार नेपालीकाे उद्धार गर्न यी ठाउँ जाँदै चार्टर्ड विमान

 असार ९, २०७७ मंगलबार २०:४२:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कोरोना भाइरसको प्रकोप बढेसँगै नेपाल सरकारले विभिन्न देशबाट चार्टर्ड उडानमार्फत नेपालीलाई स्वदेश ल्याइरहेको छ । 

आज मङ्गलबार पनि विभिन्न पाँच देशबाट चार्टर्ड उडानमार्फत सात सय ८३ नेपाली स्वदेश फर्किएका छन् । 

कोरोनाको कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा स्वदेश फर्कन नपाएका र रोजगारीको लागि गएकाहरु फर्किएका हुन् । 

भोलि बुधबार पनि नेपाल एअरलाइन्स, हिमालयन एअरलाइन्स र टर्किश एअरलाइन्स गरी पाँच वटा उडान हुँदैछ । 

नागरिक उड्डयन प्राधिकरणका अनुसार सबै उडान दिउँसोपछि हुने भएको छ । दिउँसो चार बजे टर्किश एअरलाइन्स इस्तानबुल जाँदैछ ।  राति ८ बजेर ३५ मिनेटमा हिमालयन एअरलाइन्स जेहाद जाँदैछ । त्यस्तै राति ८ बजेर ४५ मिनेटमा र ९ बजे नेपाल एअरलाइन्स क्रमशः कुवेत र नारिता जाँदैछ । राति १० बजेर ४० मिनेटमा हिमालयन दोहा जाँदैछ । 

त्यस्तै विभिन्न देशबाट पाँच वटा उडान नेपाल आउने भएका छन् । हेर्नुहाेस् तालिका–

 

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया