छहरेमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको ज्यान गयो
कात्तिक १६, २०८१ शुक्रबार
दाङ – सरकारी कार्यालयमा अत्यावश्यक बाहेक अन्य काम बन्द गर्ने गरी जारी गरिएको लकडाउनको समयमा दाङमा काठ तस्करी तथा वन्यजन्तु सिकारका १६ वटा घटना भएका छन् ।
ती घटनामा २८ जना कारबाहीमा परेका छन् भने पाँच वटा गाडी नियन्त्रणमा लिइएकाे छ । कोरोना सङ्क्रमण जोखिमकाे कारण गरिएको लकडाउनको झण्डै तीन महिनाको अवधिमा जिल्ला वन कार्यालयले अवैध रुपमा काटेका झण्डै आठ सय क्यु फिट काठ बरामद गरेको छ । चिरान गरिएका काठसँगै ती काठ ढुवानी गर्न प्रयोग गरिएका गाडी पनि गस्ती टोलीले नियन्त्रणमा लिएकाे जिल्ला वन कार्यालय दाङले जनाएको छ ।
लकडाउनको समयमा काठ चोरी, तस्करीका घटना धेरै भएको वन कार्यालयको तथ्याङ्कले देखाएको छ । यो अवधिमा भएका काठ तथा वन्यजन्तु चोरी निकासीका १६ वटा घटनामा २८ जनालाई कारबाही गरिएको डिभिजन वन कार्यालय दाङले जनाएको छ ।
उनीहरुकाे साथबाट काठ ओसारपसार गरिरहेको एउटा बस, चार वटा मोटरसाइकल र तीन सय थान गोलीसहित दुई थान भरुवा बन्दुक र चार वटा ट्र्याक्टर र एउटा डाेजर नियन्त्रणमा लिइएकाे डिभिजन वन कार्यालयका प्रमुख दीपक ज्ञवालीले बताउनुभयो । नियन्त्रणमा लिइएकाे तीन सय सय ५० क्यु फिट सालको काठ र चार सय ५० क्यु फिट सिसौका काठको मूल्य २० लाख रुपैयाँ बराबरको भएको डिभिजन वन कार्यालयको भनाइ छ ।
लकडाउनकाे समयमा हुन सक्ने चोरी, निकासी रोक्न गस्ती बढाइएकाेले अवैध गतिविधि गर्नेहरु पक्राउ परेकाे ज्ञवालीले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।