यूएईबाट पाँच उडानमार्फत नेपाली स्वदेश फर्कंदै, आजै साउदीमा पनि नेपाली लिन जहाज जाँदै

 साउन १, २०७७ बिहिबार ८:१८:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आज एकै दिन यूएईबाट मात्रै पाँच उडानमार्फत नेपाली स्वदेश फर्कने भएका छन् ।

आज यूएईको दुबई राज्यबाट नेपाल एअरलाइन्सका दुई जहाजमार्फत नेपाली स्वदेश स्वदेश फर्कंदै छन् । दुबईबाट नेपाली लिएर आएको नेपाल एअरलाइन्सको एउटा जहाज केही बेरअघि विमानस्थलमा अवतरण गरेको छ भने आबुधाबीबाट आएको हिमालय एअरलान्सको जहाज पनि विमानस्थलमा अवतरण गरेको छ ।

आबुधाबीबाटै हिमालय एअरलाइन्सको अर्को जहाज पनि त्यहाँ समस्यामा रहेका नेपाली लिएर आउँदैछ । फ्लाई दुबईले यूएईको सारजहाबाट नेपाली लिएर आउनेछ ।

आज हङ्कङबाट पनि नेपाली स्वदेश फर्कंदै छन् । आजै नेपाल एअरलाइन्स र हिमालय एअरलाइन्सका पाँच जहाज साउदी जाँदैछन् । नेपाल एअरलाइन्सका दुई जहाज साउदीको रियाद र दमाम जाँदैछन् भने हिमालय एअरलाइन्सका दुई जहाज दमाम र एक जहाज रियादमा नेपाली लिन जाँदैछन् ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया