छहरेमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको ज्यान गयो
कात्तिक १६, २०८१ शुक्रबार
दाङ – कोरोना भाइरस सङ्क्रमणकाे उच्च जोखिममा रहेको दाङको बङ्गलाचुली गाउँपालिकामा सङ्क्रमण शून्यमा झरेकाे छ ।
बङ्गलाचुली गाउँपालिकामा एक सय ६२ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको थियो । जसमा दुई जना प्युठानकाे माण्डवी गाउँपालिकामा रहेकाेमा उनीहरुलाई आफ्नाे ठाउँ पठाइएको छ ।
बाँकी सङ्क्रमितमध्ये १४ जना झुलीडाँडा आइसोलेशनबाट, ८७ जना पद्ममोदय आइसोलेशनबाट र ५८ जना कोरोना अस्पताल बेलझुण्डीबाट कोरोना जितेर घर फर्किसकेका छन् । त्यस्तै बेलझुण्डीमा उपचाररत एक जना पनि सङ्क्रमणमुक्त भएका छन् ।
बङ्गलाचुली गाउँपालिकाले १५ सय ३४ जनाको पीसीआर परीक्षणकाे लागि स्वाब सङ्कलन गरेकाेमा सबैको रिपोर्ट आइसकेको छ । जसमा एक सय ६२ जनामा कोरोना पोजिटिभ देखिएको थियो ।
बङ्गलाचुली गाउँपालिकामा भारतबाट फर्केका १४ सय बढीकाे कोरोना परीक्षण गरिएको थियो । साथै स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी, जनप्रतिनिधि र सङ्क्रमितहरुको सम्पर्कमा आएका स्थानीयको पनि कोरोना परीक्षण गरिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख भक्तबहादुर जिसीले जानकारी दिनुभयो ।
अहिले बङ्गलाचुली गाउँपालिकामा रहेका सम्पूर्ण क्वरेण्टीन तथा आइसोलेशन खाली रहेको उहाँले बताउनुभयो । स्वास्थ्य शाखा प्रमुख जिसीका अनुसार बङ्गलाचुली गाउँपालिका ४ को झुलीडाँडामा रहेको आइसोलेशनलाई आपत्कालीन प्रयोजनका लागि तयारी अवस्थामा राखिएको छ ।
नेपाल सरकारले जारी गरेको स्वाब सङ्कलन निर्देशिकाअनुसार अहिलेलाई लक्षणविहीनकाे स्वाब सङ्कलन कार्य नगरिएको उहाँले बताउनुभयो । यसैबीच बङ्गलाचुली गाउँपालिकाको व्यवस्थापनमा घोराहीको भरतपुरमा रहेको पद्मोदय पब्लिक नमुना माध्यमिक विद्यालय भवनमा सञ्चालन गरिएको जिल्लास्तरीय आइसोलेशन बन्द गरिएको छ ।
बङ्गलाचुली गाउँपालिकामा कोरोना सङ्क्रमितहरुको सङ्ख्या शून्यमा झरेपछि आइसोलेशन बन्द गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेवबहादुर वलीले बताउनुभयो । गाउँपालिकाले एक औपचारिक कार्यक्रमको आयोजना गरी आइसोलेशन स्थापना गर्न दिने पद्मोदय पब्लिक नमुना माध्यमिक विद्यालय परिवारलाई कदर पत्रसहित सम्मान गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।