शुक्रबार १५ अन्तर्राष्ट्रिय उडान हुने, साउदीबाट मात्रै पाँच उडानमार्फत नेपाली स्वदेश फर्कंदै

 साउन २, २०७७ शुक्रबार ९:२४:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – साउदी र कतारबाट नेपाली लिएर चारवटा जहाज आज बिहानै काठमाण्डौमा आइपुगेका छन् ।

साउदीको दमामबाट मात्रै नेपाली लिएर तीन वटा जहाज आएका छन् । हिमालय एअरलाइन्सका दुई जहाज र नेपाल अएरलाइसन्सको एक जहाज साउदीबाट काठमाण्डौ आइपुगेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । आज साउदीबाट मात्रै नेपाली ल्याउनका लागि पाँच उडान हुँदैछन् । अब साउदीको रियादबाट हिमालय एअरलाइन्सका दुई जहाज नेपाली लिएर आउँदैछ ।

यस्तै कतारबाट पनि नेपाली लिएर बिहानै नेपाल एअरलाइन्सको जहाज काठमाण्डौमा अवतरण गरिसकेको छ । कतार एअरवेजको जहाज पनि दिउँसोे काठमाण्डौ आइपुग्ने छ । आज कुवेतबाट पनि दुई उडानमार्फत नेपाली फर्कंदै छन् । कुवेतको जजिरा एअरमार्फत त्यहाँबाट नेपाली आउने विमानस्थलले जनाएको छ ।

आज विभिन्न देशमा नेपाली लिनका लागि जहाजहरु जाँदै छन् । हिमालय एअरलाइन्सका दुई वटा जहाज बहराइन जाँदै छन् । त्यहाँ समस्यामा रहेका नेपाली लिएर भोलि जहाज काठमाण्डौ आउनेछन्। हिमालय एअरलान्सकै दुई जहाज आज कतारको दोहा जाँदै छन् । विमानस्थलका अनुसार नेपाली ल्याउन, लिन जान र लिएर आएका जहाज फर्कन गरी आज १५ अन्तर्राष्ट्रिय उडान हुनेछ ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया