छहरेमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको ज्यान गयो
कात्तिक १६, २०८१ शुक्रबार
दाङ – प्रहरीले चोरीका मोटरसाइकलसहित दाङमा १४ जनालाई सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय दाङले आइतबार पत्रकार सम्मेलन गरी विभिन्न ठाउँबाट मोटरसाइकलसहित पक्राउ परेका १४ जनालाई सार्वजनिक गरेको हो।
पक्राउ पर्नेहरुमा घोराही उपमहानगरपालिका १३ का सञ्जय परियार, घोराही १४ का समिर सुनार, सुवास सार्की, केन्द्रबहादुर डाँगी, घोराही १६ का सागर हमाल र घोराही १७ का निरज योगी रहेका छन् ।
त्यसैगरी लमही नगरपालिका ७ का धनीराम चौधरी, हेमन्त गिरी, पाल्टुराम चौधरी, प्रकाश चौधरी, राजपुर २ का रविप्रताव बुढा, राजकुमार यादव, प्रियतम चौधरी र आयोज चौधरी चोरीका माेटरसाइकलसहित पक्राउ परेका हुन् ।
उनीहरुले विभिन्न ठाउँबाट मोटरसाइकल चोरी गर्ने, नम्बर प्लेट परिवर्तन गर्ने र बेच्नेसमेत गर्दै आएको प्रहरी प्रमुख एसपी गणेश चन्दले जानकारी दिनुभयो । साथै प्रहरीले यातायात व्यवस्था कार्यालय राप्ती तुलसीपुरका कार्यालय सहयोगी तुलसीपुर उपमहानगरपालिका ४ का ४८ वर्षीय कृष्णप्रसाद खनाललाई सरकारी छाप किर्ते बनाइ नक्कली ब्लु-बुक बनाएको अभियोगमा पक्राउ गरेको छ ।
खनालसहित तुलसीपुर ६ का अब्दुल हफिस सिद्धिकी, तुलसीपुर ५ का चक्रबहादुर वली, जीवन पोख्रेल र विष्णु घिमिरेलाई पनि लु ४६ प ३५४१ नम्बरको सवारी दर्ता किताब, यातायात व्यवस्था कार्यालय दाङ लेखेको छाप, शाखा अधिकृतको छाप, विभिन्न व्यक्तिको नागरिकताको प्रमाण पत्र, सवारी चालक अनुमति पत्र, ब्लु-बुक, निरोगिताको दस्तखतसहित पक्राउ गरिएको एसपी चन्दले जानकारी दिनुभयो ।
त्यसैगरी गएको जेठ २६ गते गढवा गाउँपालिका १ जेठानगाउँको राप्ती नदी किनारमा राखिएका पाँच वटा एक्साभर्टरमा आगजनी गरेको अभियोगमा विप्लव समूहका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।नेकपा विप्लव समूहका जिल्ला सदस्य तुलसीपुर उपमहानगरपालिका १९ बिजौरीका मदन केसीलाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।