मलेसिया जाँदै हुनुहुन्छ ? यी नियम थाहा पाउनुहोस्

 साउन ६, २०७७ मंगलबार १७:३९:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – तपाईँ मलेसिया फर्कने सोच्दै हुनुहुन्छ ?

यदि हुनुहुन्छ भने मलेसियाले कोरोना महामारीको बेलामा आउनेका लागि लागू गरेको नियमकाबारेमा पनि जानकारी राख्नुहोला ।

मलेसियाले शुक्रबार अर्थात जुलाई २४ देखि मलेसिया जानेले अनिवार्य रुपमा होटल क्वरेण्टीनमा बस्नु पर्ने नियम लागू भएको छ । यो नियम मलेसियन र विदेशी नागरिक जसलाई प्रवेशको अनुमति दिइएको छ, उनीहरुले मलेसिया पुगेपछि अनिवार्य रुपमा होटल क्वरेण्टीनमा बस्नु पर्नेछ ।

यसरी होटल क्वरेण्टीनमा बस्दा लाग्ने खर्च सम्बन्धित व्यक्ति आफैंले व्यहोर्नु पर्नेछ । विदेशी नागरिकले मलेसिया जाँदा बोर्डिङ लिनुभन्दा तीन दिनअघिको कोभिड १९ परीक्षण गरेको रिपोर्ट पेश गर्नु पर्नेछ । मलेसियाले ग्रिन जोन देशहरु ब्रुनाई, सिंङ्गापुर, दक्षिण कोरिया, जापान, अस्ट्रेलिया र न्यूजिल्याण्ड स्वास्थ्य उपचारका लागि आउने पर्यटक भने व्यवसायिक उडानमार्फत आउन सक्ने बताएको छ ।

यस्तै मलेसियाले अहिले जारी ‘रिकोभरी मोमेन्ट कन्ट्रोल' अर्डरको उल्लङ्घन गर्नेलाई अब सम्झाईबुझाई नगर्ने र सिधै कारबाही गर्ने बताएको छ । अहिले मानिसले यो नियमको उल्लङ्घन गर्ने क्रम बढेको भन्दै अब सम्झाईबुझाई नगरी सिधै कारबाही गर्ने बताएको हो । नियम उल्लङ्घन गरेको भेटिएमा प्रहरीले सम्झाउनुको साटो कारबाही गर्नेछ ।

मलेसियाले मे ४ देखि नै लकडाउन खुकुलो बनाउँदै लगेको थियो । अहिले मलेसियामा कोरोना सङ्क्रमितको सङ्ख्या घट्दै गएको छ । मलेसियामा अहिलेसम्म ८ हजार ८१५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये ८ हजार ५६२ जना निको भएका छन् भने १३० जनाको अस्पतालमा उपचार भइरहेको छ ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Rajesh rai

    July 21, 2020, 8:07 p.m.

    मलेसिया को हवाई सेवा खुला छ कि छैन्

  •  0 Reply

तपाईको प्रतिक्रिया