अछाममा चट्याङ लागेर चार जना घाइते

 भदौ ७, २०७७ आइतबार १३:१०:३६ | चन्द्र थापा
unn.prixa.net

अछाम – अछाममा चट्याङ लागेर चार जना घाइते भएका छन् । कमलबजार नगरपालिका १ काे मुलिमा चट्याङ लागेर चार जना घाइते भएका हुन् ।

घाइते हुनेमा ३५ वर्षीय पूर्णबहादुर भण्डारी, उहाँकी श्रीमती ३३ वर्षीया मोतीकला भण्डारी, त्यही ठाउँकी १८ वर्षीया तुल्क्षा बजगाईं र १५ वर्षीया डिग्रा बजगाईं रहेका छन् ।

घाइतेहरुको कमलबजार प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । चट्याङ लागेर पूर्णबहादुर भण्डारीका दुई वटा भैँसी र जक्तीराम बजगाईंका दुई वटा बाख्रा मरेका छन् ।

चट्याङले पूर्णबहादुर भण्डारीको घरमा समेत क्षेति भएको इलाका प्रहरी कार्ययालय कमलबजारका इन्चार्ज प्रहरी निरीक्षिक (इन्सपेक्टर) लोकेन्द्र सिहं गुरुले जानकारी दिनुभएको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

चन्द्र थापा

अछामका उज्यालो सहकर्मी चन्द्र थापा रेडियो रामारोशनमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया