कपिलवस्तुका दुई जना सङ्क्रमितको ज्यान गयो

 भदौ २९, २०७७ सोमबार १३:५६:११ | गोपाल भण्डारी
unn.prixa.net

कपिलवस्तु – रुपन्देहीको बुटवल र भैरहवामा उपचाररत कपिलवस्तुका एक पुरुष र एक महिलाको ज्यान गएको छ । ज्यान गुमाउनेमा शिवराज नगरपालिका ५ की ४७ वर्षीया महिला र ५८ वर्षीय पुरुष छन् । 

४७ वर्षीया महिलाको बुटवल धागो कारखानामा बनाइएको कोरोना अस्थायी अस्पतालमा सोमबार बिहान ज्यान गएको हो । ५८ वर्षीय पुरुषको भैरहवाको भीम अस्पतालमा उपचारको क्रममा आइतबार राति ज्यान गएको स्वास्थ्य कार्यालयले जनाएको छ । 

ज्यान गुमाएकी महिलामा मिर्गौला र उच्च रक्तचापको समस्या रहेको थियो । उहाँलाई गएको भदौ २१ गते कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले बताउनुभयो ।  

ज्यान गुमाएका अर्का पुरुषलाई दमको समस्या रहँदै आएको थियो । उहाँलाई भदौ २२ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । 

कोरोना सङ्क्रमणका कारण कपिलवस्तुमा अहिलेसम्म नौ जनाको ज्यान गएको स्वास्थ्य कार्यालयले जनाएको छ ।  

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

गोपाल भण्डारी

गोपाल भण्डारी कपिलवस्तुका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया