सोलुखुम्बुमा भालुको आक्रमणबाट एक जनाको ज्यान गयो, चार जना घाइते

 असोज २, २०७७ शुक्रबार ११:८:४५ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु - सोलुखुम्बुको महाकुलुङ गाउँपालिका-३ मा भालुको आक्रमणबाट एक जनाको ज्यान गएको छ भने ४ जना घाइते भएका छन् ।

भालुको आक्रमणबाट जंगलमा मालिङ्गो काट्न गएका महाकुलुङ-३ छेस्कामका ३६ वर्षका प्रेम कुलुङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक महेन्द्र दर्नालले  जानकारी दिनुभयो ।

यस्तै, घाइते भएका कुलुङका भाइ २२ वर्षका चतुर कुलुङ,  महाकुलुङ गाउँपालिका वडा नम्बर ४ का वर्ष १९ का प्रेम कुलुङ, त्यही वडाका वर्ष २५ का सुजन कुलुङ, र वर्ष १९ का सन्तबहादुर कुलुङको उद्धार गरिएको छ ।

उनीहरुको स्वास्थ्य चौकी छेस्काममा उपचार हुन नसकेपछि थप उपचारको लागि बुङ स्वास्थ्य केन्द्र ल्याउने तयारी भइरहेको प्रहरी निरीक्षक दर्नालले जानकारी दिनुभयो 

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया