पहाडी केही क्षेत्रको मौसम आंशिक बदली : थोरै ठाउँमा हल्का वर्ष...
कात्तिक १६, २०८१ शुक्रबार
दाङ – सामाजिक सञ्जाल इमोमार्फत लटरी (चिट्ठा) पर्यो भनेर ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । दाङको लमही नगरपालिका ५ का दुई जना महिलालाई इमोमार्फत चिट्ठा पर्यो भनेर ठगी गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा रौतहटकाे दुर्गा भगवती गाउँपालिका ६ का १८ वर्षीय सुमन झा, रौतहटकै देवाही गोनाही नगरपालिका ६ का ५० वर्षीय सोनालाल ठाकुर र पर्साकाे वीरगञ्ज महानगरपालिका १६ काे नगवाका १८ वर्षीय राजनारायण चौरसिया रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख गणेश चन्दले जानकारी दिनुभएको छ ।
गएकाे असोज २२ गते पीडित महिलाले इमोमार्फत चिट्ठा पर्याे भनेर आफूलाई ठगी गरेको भनेर जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएपछि दाङ प्रहरीले खोजीका क्रममा उनीहरुलाई पक्राउ गरेको उहाँले बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय दाङको प्रहरी टोलीले रौतहट प्रहरीको सहयोगमा दुई जना र पर्सा प्रहरीको सहयोगमा एक जनालाई पक्राउ गरेको हाे । उनीहरुले ठूलो धनराशीको प्रलोभन देखाए आईएमई तथा विभिन्न व्यक्तिगत बैंक खातामार्फत ६३ हजार रुपैयाँ रकम पठाउन लगाएका थिए । त्याे रकम पठाइसकेपछि पनि फेरि फोन, म्यासेज, भ्वाइस कलका माध्यमबाट थप रकम पठाउन बारम्बार आग्रह गरेपछि महिलाहरुले आफू ठगिएको महसुस गरेर प्रहरी कार्यालयमा निवेदन दिएका थिए ।
त्यही निवेदनको आधारमा प्रहरीले अनुसन्धान अघि बढाउँदा रौतहट र पर्सा जिल्लाबाट उनीहरुलाई पक्राउ गरेको प्रहरी प्रमुख चन्दले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।