मध्यपूर्वको द्वन्द्वले दीर्घकालसम्म असर पार्ने अन्तर्राष्ट्रिय मुद्रा ...
कात्तिक १६, २०८१ शुक्रबार
दाङ – दाङको देउखुरीमा कुखुरा चोर्न खोजेको आरोपमा कुटपिट गरी एक युवकको हत्या गरिएको छ । राप्ती गाउँपालिका ३ काे नयाँ बस्तीका १८ वर्षीय नरेश चौधरीको हत्या भएको छ ।
छिमेकी २५ वर्षीय ओमप्रकाश घर्ती र उनका ६० वर्षीय बुवा खलबहादुर घर्तीको कुटपिटबाट चौधरीको ज्यान गएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख, प्रहरी निरीक्षक भुवन भट्टले जानकारी दिनुभयो ।
बिहीबार बेलुका ८ बजेतिर कुखुरा कराएपछि घर्ती परिवारले नरेशलाई कुखुरा चोर्न गएको आरोप लगाएपछि चौधरी र घर्ती परिवारको विवाद भएको थियो । वादविवादका क्रममा बाबु छोरा मिलेर हात र लाठीले चौधरीमाथि कुटपिट गरेपछि उनी घाइते भएका थिए ।
घाइते चौधरीकाे रक्तश्रावका कारण ज्यान गएको हुन सक्ने प्रहरीले बताएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।