नेप्से झण्डै ३० अङ्कले बढ्यो, ५ अर्ब ४४ करोड रुपैयाँको कारोबार

 मंसिर ९, २०७७ मंगलबार १६:४:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – शेयर बजार परिसूचक नेप्से मङ्गलबार झण्डै ३० अङ्कले बढेको छ । होटलबाहेक अरु सबै समूहको शेयर बढेको दिन नेप्से २९ दशमलव ६८ अङ्कले बढेर १८ सय १० दशमलव ११ विन्दुमा पुगेको छ । 

मङ्गलबार निर्जीवन बीमा समूहको शेयर ३ सय २७ अङ्कले, जीवन बीमा समूहको २ सय ४८ अङ्कले, उत्पादन समूहको २ सय २७ अङ्कले र व्यापार समूहको शेयर १ सय ७२ अङ्कले बढेको छ । 

मङ्गलबार एक सय ९६ कम्पनीका एक करोड १७ लाख ४८ हजार कित्ता शेयर पाँच अर्ब ४४ करोड २९ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै एनआईसी एसिया बैंकको ३७ करोड ३३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । 

मङ्गलबार बोटलर्स नेपाल, हिमालयन डिस्टिलरी, विशाल बजार कम्पनी, आँखुखोला जलविद्युत् लगायत आठ कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्र शेयर बढे पनि सप्तकोशी विकास बैंक र सोल्टी होटलका शेयरधनीले सबैभन्दा धेरै तीन प्रतिशतभन्दा धेरैका दरले गुमाएका छन् ।  

अन्तिम अपडेट: कात्तिक १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया