इजरायलले गाजामा गरेको पछिल्लो सैन्य आक्रमणमा ४६ जनाको ज्यान गयो
कात्तिक १६, २०८१ शुक्रबार
काठमाण्डाै – शेयर बजार परिसूचक नेप्से बुधबार ६४ अङ्कभन्दा धेरैले बढेको छ । होटलबाहेक अरु सबै समूहको शेयर बढेको दिन नेप्से ६४ दशमलव ७० अङ्कले बढेर १८ सय ७४ दशमलव ८१ विन्दुमा पुगेको छ ।
बुधबारको उच्च वृद्धिसँगै नेप्से कीर्तिमानी अङ्क नजिकै पुगेको छ । अहिलेसम्म नेप्सेको कीर्तिमान १८ सय ८१ अङ्कको रहेको छ । बुधबार निर्जीवन बीमा समूहको ३ सय १६ अङ्कले, उत्पादन समूहको ३ सय अङ्कले, जीवन बीमा समूहको १ सय ९० अङ्कले, व्यापार समूहको १ सय ७९ अङ्कले, माइक्रो फाइनान्सको १ सय ६ र अन्य समूहको शेयर ९५ अङ्कले बढेको छ ।
बुधबार १ सय ९६ कम्पनीका पाँच अर्ब १३ करोड १८ लाख ८६ हजार चार सय ८८ रुपैयाँको शेयर कारोबार भएको छ । सबैभन्दा धेरै नेको इन्स्योरेन्सको ४२ करोड २९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । पुनर्बीमा कम्पनीको ३६ करोड ७३ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।
बुधबार शिवम् सिमेन्ट, विशाल बजार कम्पनी, पुनर्बीमा कम्पनी, अजोड इन्स्योरेन्स, दूरसञ्चार कम्पनीलगायत १० वटा कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्र बजार ६४ अङ्कले बढे पनि बुधबार नेशनल हाइड्रो पावर कम्पनी लिमिटेडका लगानीकर्ताले झण्डै ६ प्रतिशत गुमाएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।