सीप परीक्षणको लागि आवेदन खुल्यो

 पुस १२, २०७७ आइतबार १४:४७:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – युवा र वैदेशिक रोजगारीबाट फर्किएकाहरुको सीप परीक्षण गरिने भएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् अन्तर्गत राष्ट्रिय सीप परीक्षण समितिले सहुलियत शुल्कमा सीप परीक्षणकोे लागि आवेदन दिन आह्वान गरेको छ ।

सीप परीक्षणमा सहभागी हुन १६ वर्ष उमेर पुगेका वा वैदेशिक रोजगारीबाट फर्किएकाहरुले सीप परीक्षण केन्द्रमा गई आवेदन दिनुपर्नेछ भने समितिले तोकेका केन्द्रमा गइ सीप परीक्षण गराउनुपर्नेछ । यसका लागि समितिले सबै प्रदेशमा गरी ९८ वटा सीप परीक्षण केन्द्र तोकेको छ ।

ती केन्द्रमा युवाहरुले टेलरिङ, कम्प्युटर अपरेटर, कृषि जेटिए, पशुपालन जेटिए, प्लम्बर, बिल्डिङ पेन्टर, वेटर, बिल्डिङ इलेक्ट्रिसियन, हाउस किपिङ, क्लिनरलगायतका विधामा सीप परीक्षण गराउन पाउनेछन् ।

आवेदन फारम समितिको वेबसाइट www.nstb.org.np वा इभेन्ट परियाेजनाकाे वेबसाइट  www.event.gov.np बाट डाउनलाेड गर्न सकिन्छ अथवा तालिम केन्द्रबाट प्राप्त गर्न सकिन्छ ।  माघ १२ गतेसम्म आवेदन बुझाईसक्नुपर्नेछ । आवेदन दिने व्यक्तिमा सम्बन्धित व्यवसायको ज्ञान, सीपको अनुभव भएको हुनुपर्ने समितिले जनाएको छ ।

सीप परीक्षणको लागि तहगत रुपमा शुल्क तोकिएको छ । क्रमशः तह एक, दुई र तीनको लागि पाँच सय, १२ सय र २४ सय रुपैयाँ शुल्क तोकिएको छ । यस्तै महिला दलित जनजाती र अपाङ्गता भएका व्यक्तिको लागि क्रमशः चार सय, सात सय र १३ सय रुपैयाँ शुल्क तोकिएको समितिले जनाएको छ ।

यस सम्बन्धी थप जानकारीको लागि फोन नम्बर ०१६६३८१५३, ६६३५१९५ र मोबाइल नम्बर ९८५११२७०८० र ९८५११६३९६४ मा सम्पर्क गरेर पनि बुझ्न सकिने समितिले जनाएको छ ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • तिलक अाचार्य

    Dec. 28, 2020, 7:47 a.m.

    सीप परिक्षणकाे नाममा च‌र्काे शुल्क राखेर भरष्टचारि पाल्ने रकम अशुल्ने याेजना चै राम्रै हो ?

  •  0 Reply

तपाईको प्रतिक्रिया