अविश्वास प्रस्ताव सुविधाजनक बहुमतका साथ सामना गर्छुु : मुख्यमन्त्री राई

 पुस १२, २०७७ आइतबार १५:५५:२८ | सुमन तिमल्सिना
unn.prixa.net

माेरङ – प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आइतबार प्रदेश सभामा आफूविरुद्ध पेस गरिएको अविश्वास प्रस्ताव सुविधाजनक बहुमतका साथ सामना गर्ने बताउनुभएको छ । सङ्घीयतालाई ‘कोल्याप्स’ गर्ने चालबाजीका रूपमा अविश्वास प्रस्ताव आएको भन्दै त्यसलाई असफल बनाउने उहाँले दाबी गर्नुभयो ।

प्रदेश सरकार असक्षम भएर नभइ सुनियोजित, बनिबनाउ र खास ठाउँबाट निर्देशित भएर प्रदेशहरूलाई कमजोर बनाउने, अस्थिरता र कमजोर बनाउने र सङ्घीयतालाई संस्थागत हुन नदिन निर्देशित ढङ्गबाट अविश्वास प्रस्ताव आएको उहाँकाे भनाइ छ । 

मुख्यमन्त्री राईले भन्नुभयाे, ‘यसको सामना म आरामले गर्छु, किन आरामले गर्छुभन्दा विवेक भएका माननीय सदस्यहरू प्रदेश सभामा हुनुहुन्छ । उहाँहरूलाई याे बनिबनाउ, निर्देशित, सुनियोजित, चालबाजी हो, गोटी हो भनेर राम्रोसँग थाहा छ ।’

मुख्यमन्त्री राईले आफूले सफल रूपमा प्रदेशको नेतृत्व गरिराखेको दाबी गर्दै सुविधाजनक बहुमतका साथ प्रदेश सभामा यसको सामना गर्ने बताउनुभयाे । 

संविधानलाई कार्यान्वयन हुन नदिन अनेक प्रयास हुँदै आएको बेला नागरिकलाई अपिल गरेर ठूलो जनमत प्राप्त गरेको उहाँले बताउनुभयो ।  

आइतबार बिहान प्रदेश सभाका ३६ जना सांसदले अविश्वासको प्रस्ताव प्रदेश सभा सचिवालयमा दर्ता गरेका हुन् । निवर्तमान अर्थमन्त्री इन्द्रबहादुर आङ्बोले प्रस्ताव दर्ता गर्नुभएको हो । प्रदेश एकमा ९३ सांसद छन् । तीमध्ये नेकपाका ६७ सांसदमध्ये प्रचण्ड–माधव पक्षमा ४० बढी सांसद छन् ।

यसअघि प्रदेशका सामाजिक विकास मन्त्रीसहित तीन जनाले राजीनामा दिइसक्नुभएकाे छ । 

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया