शेयर बजारको उकालो यात्रा रोकिएन, नेप्से २४ सय ४० विन्दुभन्दा माथि

 माघ १२, २०७७ सोमबार १६:३०:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार परिसूचक नेप्से साेमबार (आज) पनि बढेको छ । नेप्से १६ दशमलव शून्य चार अङ्कले बढेर २४ सय ४० दशमलव ८७ विन्दुमा पुगेको छ ।

साेमबार बैंक, व्यापार, निर्जीवन बीमा र अन्य समूहको शेयर बढेको छ भने जलविद्युत्, विकास बैंक, होटल, फाइनान्सलगायत समूहको शेयर घटेको छ । बैंक समूहको शेयर २५ अङ्कले, व्यापारको ९० र निर्जीवन बीमा समूहको शेयर ७९ अङ्कले बढेको छ ।

साेमबार दुई सय आठ कम्पनीका एक करोड ९२ लाख ८५ हजार कित्ता शेयर आठ अर्ब ९० करोड ३५ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सको ६० करोड ३७ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

साेमबार नागरिक लगानी कोषका शेयरधनीले १० प्रतिशत र अरू पाँच वटा कम्पनीका लगानीकर्ताले नौ प्रतिशतभन्दा धेरै कमाएका छन् । समग्र बजार बढे पनि श्री इन्भेसेटमेन्ट फाइनान्सका शेयरधनीले झण्डै सात प्रतिशत गुमाएका छन् । 

अन्तिम अपडेट: कात्तिक १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया