कालीगण्डकी प्रसारण लाइनको पहिलो खण्डको काम सकियो, सब–स्टेशनको पनि उद्घाटन

 माघ २२, २०७७ बिहिबार १६:५९:२९ | सन्तोष थापा
unn.prixa.net

पर्वत – कालीगण्डकी करिडोर दुई सय २० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत पर्वतको कुश्मादेखि म्याग्दीको दानासम्मको पहिलो खण्ड सम्पन्न भएको छ । प्रसारण लाइन र कुश्मा नगरपालिका तथा अन्नपूर्ण गाउँपालिकामा बनेका सब–स्टेशनको प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीवार काठमाण्डौबाटै भर्चुअल माध्यमबाट उद्घाटन गर्नुभएको हो ।

उद्घाटन कार्यक्रममा ऊर्जामन्त्री टोपबहादुर रायमाझीले प्रसारण लाइनको पहिलो खण्ड निर्माण सम्पन्न भएर सञ्चालनमा आइसकेकाले अब दोस्रो खण्ड निर्माणमा केन्द्रित हुन प्राधिकरणलाई निर्देशन दिनुभयो ।

कालीगण्डकी र यसका सहायक नदीहरुमा निर्माण हुने जलविद्युत् आयोजनाहरुको विद्युत् प्रवाहकाे काम नेपाल सरकार र एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा कालीगण्डकी करिडोर प्रसारण लाइनको निर्माण भइरहेको छ ।

करिडोरको दोस्रो खण्डअन्तर्गत कुश्माबाट नवलपरासीको भूमहीसम्मको प्रसारण लाइनको निर्माण पनि भइरहेको छ । ३९ दशमलव ६ किलोमिटर लम्बाइ भएको पहिलो खण्डको प्रसारण लाइनमा एक सय १० वटा टावर रहेका छन् ।

पहिलो खण्डको प्रसारण लाइन सब–स्टेशनका लागि भारतीय कम्पनीसँग सन् २०१६ मा दुई अर्ब ७४ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सन्तोष थापा

पर्वतका उज्यालो सहकर्मी सन्तोष थापा त्यहाँको स्थानीय पत्रिकामा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया