सिद्धार्थ राजमार्ग विस्तार : पाल्पाका ७ सय बढी घर भत्किने

 फागुन २०, २०७७ बिहिबार १३:२१:४१ | देव पचभैया
unn.prixa.net

पाल्पा – सिद्धार्थ राजमार्गमा पर्ने बुटवल–पाल्पाको बाटो चौडा गर्दा पाल्पाका ७ सय बढी घर भत्किने भएका छन् ।  सिद्धार्थ राजमार्ग चार लेनमा विस्तार गर्दा सडक क्षेत्र अतिक्रमण भइ बनेका घरटहरा भत्किने भएका हुन् ।

राजमार्गको दायाँबायाँ २५ मिटरभित्र बनेका पक्की तथा कच्ची गरी ७ सय घर भत्किँदा ४ सय बढी पक्की घर पनि पर्ने छन् । पाल्पाको विकासमा बाधक बनेको सिद्धबाबा क्षेत्रको बाटो बनाउनुको साटो जनतालाई उठिबास लगाउन थालेको भन्दै स्थानीयले विरोध गरेका छन् । घर भत्किने निश्चित भएपछि घरधनीहरुले पहिले सिद्धबाबा क्षेत्रको बाटो बनाउनुपर्नेमा जोड दिएका छन् । पहिले सिद्धबाबा, दोभान क्षेत्रको बाटो निर्माण गर्ने र आवश्यक क्षतिपूर्ति पछि मात्रै बाटो विस्तार गर्नुपर्नेमा स्थानीयको माग छ ।  

डिभिजन सडक कार्यालय पाल्पाले सार्वजनिक सूचना प्रकाशन गरी सडकको दायाँबायाँ २५ मिटर क्षेत्रका  भौतिक संरचना तत्काल आफैं हटाउन निर्देशन गरिसकेको छ ।  बुटवलको चिडियाखोलादेखि पाल्पाको राम्दीसम्म सडकको दायाँबायाँ २५ मिटरभित्र पर्ने घरको तथ्यांक संकलन गरी हटाउने घरमा रातो पोतिसकेको र निर्माण भएका भौतिक संरचना हटाउन माइकिङ गरिएको  डिभिजन प्रमुख मुकुन्द अधिकारीले जानकारी दिनुभयो ।  ढिलोमा चैतदेखि सडक सीमाभित्रका संरचना हटाउन सुरक्षा निकायसँग समन्वय भइरहेको डिभिजन प्रमुख अधिकारीले बताउनुभयो । 

जनताको लिखित माग आएपछि  बगनाँसकाली गाउँपालिकाले सडक विभागलाई पत्र लेखेको  छ । बाटो विस्तार हुने जग्गामा अग्रिम चिन्ह लगाउनुपर्ने, केन्द्र , प्रदेश र स्थानीय सरकारसँग छलफल गर्नुपर्ने, उचित क्षतिपूर्ती दिनुपर्ने तथा वातावरणीय प्रभावलाई ध्यान दिनुपर्ने गाउँपालिकाको माग छ ।

सवारी चापका आधारमा मापदण्ड तयार गर्नुपर्ने, जग्गा खाली गराउने समय तोकिनुपर्ने, मुआब्जाको व्यवस्था गर्नुपर्ने लगायत जनताको माग अनुसार सडक विभागलाई पत्र पठाएको गाउँपालिकाका अध्यक्ष कृष्ण बस्यालले जानकारी दिनुभयो ।  यो सडक वि.स. २०२५ सालमा बनेको हो ।


 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया