सडकले पुरेको कुलो नबन्दा वर्षे धान लगाउन समस्या

 चैत ११, २०७७ बुधबार ११:११:४ | माधवकुमार ओली
unn.prixa.net

रोल्पा – नयाँ सडक खन्ने क्रममा सिँचाइ कुलोमा पूर्ण रुपमा क्षति भएपछि रोल्पा नगरपालिका–५ बाजबाङका १७ घरधुरी अहिले वर्षे धान लाउन नपाइने हो कि भन्ने चिन्तामा छन् ।

प्रत्येक घरधुरीबाट १० देखि २५ हजारसम्म पैसा उठाएर स्काभेटर लगाउँदा पनि कुलोमा पानी नआएपछि अहिले स्थानीय आफै कुलो मर्मतमा जुटेका छन् । वर्षे धान लगाउने समय भइसक्दा पनि कुलोमा पानी नआएपछि यस वर्ष पनि खेत बाँझै हुने किसान टेकबहादुर महराको दुखेसो छ ।

किमीचौर–माडीचौर सडकको ट्र्याक खोल्ने क्रममा माडीखोलाबाट बाजबाङ गाउँमा जाने ३ वटा सिँचाइ कुलोमा क्षति पुगेको छ । ओडार्ने सिँचाइ कुलो, सेसिघाट सिँचाइ कुलो र धाङकुना सिँचाइ कुलो समयमै मर्मत हुन नसक्दा एक वर्षेदेखि यहाँको ५ सय रोपनी खेत बाँझै रहेको अर्का किसान सुवाष घर्तीले बताउनुभयो ।

सडक निर्माण गर्दा भएको क्षतिका विषयमा वडा कार्यालय, नगरपालिका र सिँचाइ डिभिजन कार्यालयमा पटक–पटक जानकारी गराउँदा पनि कतैबाट सुनुवाई नभएको अर्का किसान आइतराम घर्तीको गुनासो छ ।

‘मोही वालाले पैसा उठाएर स्काभेटर लगाउँदा पनि कुलोमा पानी बगेको छैन्’ घर्तीले भन्नुभयो ‘यस वर्ष पनि हामीले धान लगाउन पाएनौं भने त के खाने, बालबच्चा कसरी पाल्ने ?’
 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

माधवकुमार ओली

रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया