सडकमा आज क्यू फ्री, हडताल गर्नेको विवरण संकलन हुँदै

 बैशाख २१, २०७५ शुक्रबार ९:१०:४९ | मिलन तिमिल्सिना
unn.prixa.net

काठमाडाैं, वैशाख २१ – गाडी चालकले आज आफ्नो इच्छा अनुसारको रुटमा गाडी चलाउन पाउने यातायात व्यवस्था विभागले जनाएको छ । सरकारले सिन्डिकेट खारेज गरेको विरोधमा यातायात व्यवसायीहरुले गाडी चलाउन बन्द गरेपछि सरकारले आज क्यू फ्री गरेको हो । यात्रुको बढी चाप रहेको ठाउँमा यसरी गाडी चलाउन तथा तोकिएभन्दा बढी भाडा नलिन विभागले आग्रह गरेको छ ।

सिन्डिकेट कायमै राख्नुपर्ने पक्षमा रहेका यातायात व्यवसायीले गाडी नचलाएपछि सरकारले आज क्यू फ्रीको निर्णय गरेको हो । सिन्डिकेटको विपक्षमा रहेका व्यवसायीले सरकारलाई साथ दिएका छन् । काठमाडौंमा साझा, मयूर, महानगर लगायत कम्पनीका बस नियमित रुपमा सञ्चालनमा छन् ।

आज गाडी नचलाउने व्यवसायीलाई सरकारले कार्वाही गर्ने बताइसकेको छ । अत्यावश्यक सेवामा हडताल गर्ने वाडीको विवरण संकलन भैरहेको यातायात व्यवस्था विभागले जनाएको छ । विवरण संकलन भएपछि पहिलो दिनमै रुट खारेज गरिने विभागको तयारी छ ।

सरकारले केही दिनअघि अत्यावश्यक सेवामा हडताल गर्न नपाउने गरी राजपत्रमा सूचना निकालेको छ ।

अन्तिम अपडेट: चैत ११, २०८०

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया