हुम्लामा हिमपात

 बैशाख ९, २०७८ बिहिबार १२:५८:४० | रमेश ऐडी
unn.prixa.net

हुम्ला - हुम्लाको सदरमुकाम सिमकोटमा हिमपात भएको छ ।

सदरमुकाम सिमकोट र नाक्खा गाउँपालिकामा हिउँ जमेको हाे । यसपालि पुस माघ महिनामा समेत नपरेको हिउँ वैशाख महिनामा पर्दा स्थानीय बासिन्दा छक्क परेका छन् । त्यहाँ एक फिटसम्म हिउँ जमेको  छ । हिमपातका कारण गाई, गोरु, चौंरी चराउन मुस्किल परेको सिमकोट-६ का पर्वत सुनारले बताउनुभयो ।

हिउँले गहुँ, जौ, उवा जस्ता बालीलाई ढाकेको छ ।  भर्खर फुलेका स्याउका फूल हिमपातले झरेको त्यहाँका सुनिता पुढाले बताउनुभयो ।  हिमपातका कारण हुम्लाको हवाई सेवासमेत अवरुद्ध भएको छ ।  
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

रमेश ऐडी

रमेश ऐडी हुम्लाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया