भीमफेदी-कुलेखानी सडक आजदेखि डेढ महिनाका लागि बन्द

 बैशाख १०, २०७८ शुक्रबार ११:४:१३ | हरि हुमागाईं
unn.prixa.net

हेटौँडा - हेटौँडा-काठमाण्डौ छोटो दूरीको मार्ग अन्तर्गत भीमफेदी-कुलेखानी सडक डेढ महिनाका लागि बन्द गरिएको छ । सडक पिच गर्नका लागि आजदेखि जेठ २५ गतेसम्मका लागि छोटो दूरीको मार्ग बन्द गरिएको हो ।

भीमफेदी-कुलेखानीको सडक फराकिलो पार्ने काम सकेर अहिले भने स्लाब ढलान र पिच गर्ने काम गर्न लागिएको छ । सडकका धेरै ठाउँमा यसअघिनै स्लाब ढलान गरिसकिएकाे छ ।

वाग्मती प्रदेशको यातायात पूर्वाधार विकास निर्देशनालयले यसअघि दुई महिनासम्म सडक बन्द गरेर मोड र अप्ठ्याराे ठाउँमा स्लाब ढलान गरिएको जानकारी दिएकाे छ । अब पिच गर्ने काम मात्र बाँकी रहेको निर्देशनालय हेटौँडाका निर्देशक डाक्टर सहदेवबहादुर भण्डारीले बताउनुभयो । यस सडकको ८० प्रतिशतको काम सकिएको छ ।

भीमफेदीदेखि देउराली भञ्ज्याङसम्मको आठ किलोमिटर सडकका लागि १८ करोड रुपैयाँ तथा देउरालीदेखि कुलेखानीको हेबी चौरसम्मको साढे सात किलोमिटर सडकका लागि १६ करोड रुपैयाँ गरी ३४ करोड रुपैयाँ बजेट विनियोजन भएको थियो ।

यस्तै, भीमफेदी-कुलेखानी-हेबीचौरसम्म पुरानो सडक फराकिलो पारिएको छ । ढल तथा पर्खाल निर्माण गरिएको छ । मदन भण्डारी राजमार्ग अन्तर्गत पर्ने सिस्नेरीदेखि काठमाण्डौको दक्षिणकाली जोड्ने सडक पनि धमाधम मर्मत भइरहेको उहाँले बताउनुभयो।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया