रुकुम पश्चिममा वैशाख १९ देखि ३१ गतेसम्म निषेधाज्ञा

 बैशाख १७, २०७८ शुक्रबार १७:५२:३५ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम – यही वैशाख १९ गते आइतवारदेखि लागू हुने गरी रुकुम पश्चिममा निषेधाज्ञा लगाइने भएकाे छ । शुक्रवार जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिममा बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । 

कोरोना भाइरसको नयाँ 'भेरिएन्ट' सहितको सङ्क्रमण दर तीव्र गतिमा बढेकाले निषेधाज्ञा लगाउनुपरेकाे केन्द्रले जनाएको छ । प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैह्रेले सङ्क्रमण दर बढ्न सक्ने हुँदा सङ्क्रमण फैलावटको साङ्लो तोड्न एवम् सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचारको आवश्यक व्यवस्थापन गर्न निषेधाज्ञा जारी गरिएको बताउनुभयो । ​

निषेधाज्ञा वैशाख १९ गते आइतबार बिहान ६ बजेदेखि वैशाख ३१ गते शुक्रवार राति १२ बजेसम्म लागू हुनेछ । यस अवधिमा अत्यावश्यक सेवा र त्यसका लागि प्रयोग हुने सवारीसाधन बाहेक अन्य सबै प्रकारका सेवा र हिँडडुलमा समेत निषेध गरिएको प्रशासनले जनाएको छ । 

प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैह्रेले कोरोना सङ्क्रमणकाे दाेस्राे लहरबाट अहिलेसम्म रुकुम पश्चिममा एक सय पाँच जना सङ्क्रमित भएको, दुई जनाको ज्यान गएको र पाँच जनालाई थप उपचारका लागि सुविधा सम्पन्न अस्पतालमा पठाइएकाले यस्तो निर्णय गरेको बताउनुभयो । सङ्क्रमितमध्ये नाै जनाकाे अस्पतालमा उपचार भइरहेकाे छ भने ८९ जना होम आइसाेलेशनमा छन् ।  

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया