डढेलोले खानेपानी याेजनामा क्षति पुग्दा रोल्पाको पिराले र बर्तीबाङमा खानेपानीको अभाव

 बैशाख १७, २०७८ शुक्रबार १८:५८:५१ | माधवकुमार ओली
unn.prixa.net

राेल्पा – रोल्पाको त्रिवेणी गाउँपालिका २ पिराले र बर्तीबाङमा खानेपानीको अभाव भएको छ । नजिकको जङ्गलबाट गाउँमा पसेको डढेलोले मूल खोला सौर्य लिफ्ट खानेपानी आयोजना र प्यूरी बर्तीबाङ सौर्य लिफ्ट खानेपानी आयोजनामा क्षति भएपछि खानेपानीको समस्या भएको हो ।

खानेपानी आयोजनाको सौर्य पाता, पाइप र तार जलेकाले तत्काल मर्मत गर्न समस्या भएको त्रिवेणी गाउँपालिका २ का वडाध्यक्ष कविराव बुढाले बताउनुभयो ।

डढेलोपछि आगलागी हुँदा तीन गाउँका पीडित घरपरिवार खुला आकाशमुनि बस्न बाध्य छन् ।  

अन्तिम अपडेट: बैशाख १५, २०८१

माधवकुमार ओली

रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया