शेयर बजार ५५ अङ्कले बढ्यो, पुनर्बीमा कम्पनीको मात्रै झण्डै डेढ अर्ब रुपैयाँको कारोबार

 जेठ १९, २०७८ बुधबार १५:१८:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार परिसूचक नेप्से झण्डै ५६ अङ्कले बढेको छ । सबैजसो समूहको शेयर बढेर हरियो भएको बजार ५५ दशमलव ७६ अङ्कले बढेर २८ सय २७ दशमलव १३ विन्दुमा पुगेको छ ।

आज बैंकिङ समूहको शेयर आठ अङ्कले, होटल समूहको ९२ अङ्कले, विकास बैंकको दुई सय २५ अङ्कले, जलविद्युतको ८२ अङ्कले, फाइनान्सको एक सय ३७ अङ्कले, जीवन बीमा समूहको तीन सय ७४ अङ्कले, निर्जीवन बीमा समूहको शेयर चार सय ७९ अङ्कले, अन्यको एक सय १० अङ्कले र उत्पादन समूहको शेयर एक सय ३६ अङ्कले बढेको छ ।

बुधवार दुई सय १९ कम्पनीका दुई करोड २६ लाख कित्ता शेयर ११ अर्ब ३५ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको एक अर्ब ३७ कराेड रुपैयाँको शेयर किनबेच भएको छ ।

आज १४ कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्र बजार बढे पनि राधी जलविद्युत् कम्पनीको शेयर साढे सात प्रतिशतले घटेको छ ।   

अन्तिम अपडेट: कात्तिक १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया