मन्त्रिपरिषद् विस्तारविरुद्ध सर्वाेच्च अदालतमा रिट दर्ता

 जेठ २४, २०७८ सोमबार १७:४:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कामचलाउ सरकारले मन्त्रिपरिषद् विस्तार र पुनर्गठन गर्नु असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

अधिवक्ता दिनेश त्रिपाठी,  कञ्चनकृष्ण न्यौपाने, राजकुमार सुवाल, सीतादेवी अधिकारी, वीरेन्द्रप्रसाद साह र शालिग्राम सापकोटाले रिट दायर गरेका सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिनुभयो ।  याे रिटमाथि मङ्गलवार (भोलि) पेसी ताेकिएको छ ।

कामचलाउ सरकारले मन्त्रिपरिषद् विस्तार गर्न नमिल्ने भन्दै यो विस्तारमा मन्त्री भएकालाई काम गर्न नदिनू र आउँदा दिनमा पनि मन्त्रिपरिषद् विस्तार नगर्नू भनेर अन्तरिम आदेश माग गरिएको रिट निवेदकले बताएका छन् ।  

प्रधानमन्त्री केपी शर्मा ओलीले गएको शुक्रवार जनता समाजवादी पार्टीका १० जना र नेकपा एमालेका दुई जना नेतालाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्नु भएको थियो ।  

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया