हत्या आरोपमा कपिलवस्तुमा एकै घरका ३ जना पक्राउ

 असार १०, २०७८ बिहिबार ११:५२:१९ | गोपाल भण्डारी
unn.prixa.net

कपिलवस्तु – कपिलवस्तु नगरपालिका-८ बेलौहामा १८ वर्षीय युवक विजयबहादुर कुर्मीको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एकै घरका ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा स्थानीय ३२ वर्षीय रमेश कहार, २३ वर्षीय अनिल कहार र २२ वर्षीया वासमती कहार रहेको प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले बताउनुभयो । 

जिल्ला प्रहरी कार्यालयका अनुसार वासमतीसँग प्रेम सम्बन्ध रहेका विजयबहादुर कुर्मीलाई वासमतीका पति रमेश कहार र भाइ अनिल कहारले आफ्नो घरमा कुटपिट गरी हत्या गरेका हुन् । 

गएको असार ३ गते रमेश छिमेकीको विवाहमा बाहिर गएको मौका छोपी वासमतीले विजय कुर्मीलाई घरमा बोलाइन् । राति नफर्केने गरी विवाहको जन्ती गएका रमेश अचानक त्यही रात विवाहबाट फर्केर घरमा आउँदा एउटै कोठामा आफ्नी श्रीमतीसँगै विजयलाई भेटे । आफ्नी श्रीमतीसँग पर पुरुषलाई राति आफ्नो कोठामा देखेपछि आफ्ना भाइसमेतलाई बोलाइ रमेशले विजयलाई कुटपिट गर्दा विजयको ज्यान गएको प्रहरी अनुसन्धानमा खुलेको छ । मृतक विजयको शव आफ्ना भाइ र श्रीमती समेतको सहयोगमा आरोपी रमेशले राति घर नजिकै रहेको पोखरीमा फालेको प्रहरीले जनाएको छ । 

घटनाको ४ दिनपछि असार ७ गते कपिलवस्तु नगरपालिका वडा नं. ८ पूर्व डिही वेलौहा स्थित सरकारी पोखरीमा विजयको शव फेला परेको थियो । 

हत्या काण्डमा वासमतीको प्रत्यक्ष संलग्नता भने देखिएको छैन । तर घटना थाहा पाएर पनि प्रहरीलाई कुनै जानकारी नदिएको, घटनाको समयमा हल्ला तथा अन्य छिमेकीहरुसँग गुहार नगरेको कारण उनी पनि हत्या घटनामा दोषी भएको प्रहरीले जनाएको छ ।  
 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

गोपाल भण्डारी

गोपाल भण्डारी कपिलवस्तुका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया